जनता टाइम्स

२६ फाल्गुन २०७६, सोमबार १७:१५

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था (अस्पतालको बिज्ञप्तीसहित)


स्काठमाडौं, फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले आज प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन निकालेको बिज्ञप्तीमा यस्तो जानकारी गराएको हो ।

सो अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सन्तोषजनक रुपमा सुधार भइरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिनुभएको हो । उहाँका अनुसार प्रधानमन्त्री ओलीको नियमित खानपान, हिँडडुल र व्यापामलाई निरन्तरता दिइएको छ । गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो ।

हिडडुल गर्न थाल्नुभएका प्रधानमन्त्री ओलीलाई संक्रमणको डरले कसैलाई भेटन भने दिइएको छैन । प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिनुभएको हो । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो रहेको अस्पतालले जनाएको छ । १२ बर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको हो ।