जनता टाइम्स

२७ फाल्गुन २०७६, मंगलवार १७:४०

कोरोनाबारे छलफल गर्न सरकारी समितिद्वारा सर्वदलिय बैठक आव्हान


काठमाडौं, फागुन २७

सरकारले कोरोनाबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सबैसँग छलफल गर्ने भएको छ । त्यसका लागि केही दिनभित्रै सर्वदलीय बैठक आह्वान गर्ने भएको हो ।

विश्वका विभिन्न मुलुकमा कोरोनाका संक्रमित भेटिन थालेपछि आवश्यक रणनीति अपनाउन र भावी योजना बनाउन सर्वदलिय बैठक आव्हान गर्ने निर्णय गरेको हो । कोरोना जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको आज सिंहदरबारमा बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

सम्भावित जोखिमको अवस्थामा उच्च सतर्कता अपनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने भन्दै बैठकको तयारी गरिएको उहाले बताउनु भयो । राजनीतिक समझदारीको सन्देश दिन पनि यस्तो बैठक अपरिहार्य रहेको खतिवडाको भनाइ छ । बैठक एक दुई दिनमा आपसी छलफल गरेर बोलाइने निर्णय समितिले गरेको छ ।