जनता टाइम्स

२९ फाल्गुन २०७६, बिहीबार १५:०६

ज्ञानेन्द्र शाही टीमको कमाउ धन्दाको पोल खुल्यो


काठमाडौं, फागुन २९ । भ्रष्टाचारविरुद्धको अभियानमा लागेको भन्दै सामाजिक सञ्जालमा आपत्तिजनक हर्कत गर्दै आएका ज्ञानेन्द्र शाहीको टीमले नर्सिङ लाइसेन्स परीक्षा उतिर्ण गराइ दिने भन्दै परीक्षार्थीबाट रकम असुली गर्दै आएको तथ्य खुलेको छ । एक जना नर्ससँगको च्याट हेरेपछि ज्ञानेन्द्र शाहीको टीमको असली धन्दा बाहिर आएको हो ।

शाहीले बाहिरी प्रचारप्रसार गर्दै आफू भ्रष्टाचार विरोधी अभियानमा हिडेको बताउँदै आएका छन् तर काम भने त्यसको ठीक विपरित गर्ने गरेको त्यो म्यासेजले खुलासा गरेको छ । हाम्रो नेपाल, हामी नेपालीका संयोजकसमेत रहेका ज्ञानेन्द्र शाहीकै टीमका अभियन्ता जीता बरालले नर्सिङको लाइसेन्स परीक्षा पास गरिदिन्छु भन्दै रकम लिएको तथ्य बाहिर आएको हो । ज्ञानेन्द्रका अभियन्ता जिता बरालले नर्सिङ परीक्षा उत्तीर्ण गरिदिने भन्दै रकम लिएकी हुन । उनी नर्सिङ काउन्सिलकी सदस्यसमेत हुन ।

परीक्षा पास गराउनका लागि २ लाख ५० हजार रुपैया मागेर २ लाख असुल गरेकी जिताले म्यासेजमा भने आफूबाहिर भ्रष्टाचाबिरोधी अभियन्ता भएकोले कसैलाई नभन्न भन्दै सो संस्थाको प्रमुख ब्यक्तिको नाम समेत बेच्न भ्याएकी छन । असुलीलाई बिश्वस्थ बनाउन उनले संस्थाकै प्रमुखको नाम बेच्ने गरेको देखिएको छ ।

यस्तो छ जीत र विद्यार्थीबीचको म्यासेज

विद्यार्थी : एनएनसी जसरी पास गरिदिनु दिदी, मैले गर्ने गरेकी छु ।

जिता : म बाहिर भ्रष्टाचार अभियानमा लागेकी छु । तिम्रो गर्दिन्छु बहिनी ।

विद्यार्थी : अलि घटाइदिनु हुने थियो कि पैसा, पास जसरी गर्नु छ, दुई वर्ष भइसक्यो, पास जसरी गर्नुछ ।

जिता : सबै कुरा गोप्य राख्नु बहिनी, पेशागतबाट अस्ति म प्रतिनिधि उठेकी हुँ, जसरी गर्दिन्छु एनएनसी पास । तर पैसा तीन लाख भन्दा कम हुन्न ।

विद्यार्थी : ल ल दिदी हुन्छ, गोप्य राख्छु पैसा अलि घटाइदिनु न, दुई लाख ५० हजार सम्म हुन्न र ?

जिता : हुँदैन बहिनी तीन लाख नै दिनुपर्छ । २४औं लाइसेन्स हो कडा छ, जसरी पास गर्दिन्छु ।

विद्यार्थी : हुन्छ दिदी म पठाइदिन्छु २ लाख अहिले आइएमइ पुग्न लागिसके, फोनमा बोलम है दिदी ।

ज्ञानेन्द्र शाहीको भ्रष्टाचारबिरोधी अभियानकी नेतृ जीताले एक जनालाई पास गरिदिए बापत ३ लाख लिने गरेको यो म्यासेजले प्रष्ट पार्छ । सामाजिक सञ्जालमा बाहिर यो कुरा आएपछि ज्ञानेन्द्र शाहीले आफ्नो फेसबुकमा यस्तो लेखेका छन, ‘हाम्रो नेपाल, हामी नेपालीका अभियान्ता जिता बरालज्यूको अगुवाइमा एक जना बहिनिको जिन्दगी बर्बाद गर्ने मानिसलाई कानुनी कारवाही गरिँदै ।’
उनको यो भनाई भ्रष्टाचारीकै पक्षमा रहेको छ ।