जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार १८:५२

अनुहारमा दरिलो चमक लिएर निवास फर्किनुभयो प्रधानमन्त्री ओली


काठमाडौं, फागुन ३०

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्किनु भएको छ । दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपणपछि उहा शुक्रबार साँझ साढे ६ बजे प्रधानमन्त्री निवास बालुवाटार फर्किनु भएको हो ।

अस्पतालको बेडबाट ह्विल चेयरमा राखेर उहालाई तल्लो तलामा ल्याइएको थियो । तल्लो तलामा आएपछि भने उहा हिडेरै गाडीसम्म आउनु भएको थियो । सुरक्षाकर्मीले केही साहारा दिएपनि उहा फुर्तिका साथ भ¥याङ ओर्लेर गाडी चढ्नु भएको थियो ।

गाडी चढ्नु अघि उहा केहीबेर रोकिएर त्यहा उपस्थित सबैलाई हात हल्लाएर अभिवादन गर्नुभयो । उहाको स्वागतका लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोेखरेल, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायत शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल पुग्नु भएको थियो ।