जनता टाइम्स

२ चैत्र २०७६, आईतवार ११:०९

‘फलोअप’का लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा


काठमाडौँ, चैत २

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य ‘फलोअप’का लागि त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहनु भएका उहा डिस्चार्ज भएको तेस्रो दिन स्वास्थ्य परीक्षणका लागि साढे १० बजे अस्पताल पुग्नु भएको हो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्नका लागि अस्पताल लगिएको जानकारी दिनुभयो । उहाले यो सामान्य प्रक्रिया रहेको र धेरै समय नलाग्ने बताउनु भयो । मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गर्ने योजना रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किनु भएको थियो । प्रधानमन्त्री ओलीले आइतबार ५स्१५ बजे दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुसँग कोरोना महामारीका विषयमा भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ।