जनता टाइम्स

२ चैत्र २०७६, आईतवार १४:४३

चीनसँग जोडिएको गाउँमै थाह छैन कोरोना


दोलखा, चैत २ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे चीनसँग जोडिएको नेपालकै गाउँमा थाह छैन भन्दा कसैले नपत्याउलान । तर यो यथार्थ हो । दोलखाको दुर्गम र उत्तरी कुनाको गाउँ भनेर चिनिने लुम्नाङका बासिन्दाले अहिलेसम्म कोरोना भाइरसबारे थाहा नै पाएका छैनन । कोरोनाबारे जानकारी नभएकोले उनीहरुमा त्रास पनि छैन ।

चीनसँग सीमा जोडिएको दोलखाको उत्तरी विगु गाउँपालिका १ लामाबगरको सबैभन्दा दुर्गम लुम्नाङ गाउँमा न मोबाइल फोन चल्छ न सञ्चारको कुनै अर्को माध्यम नै छ । करिब २० घरधुरी रहेको लुम्नाङका अगुवा भुजुङ शेर्पाले कोरोनासम्बन्धी प्रश्नमा भन्नुभयो, ‘हामीलाई त थाहा छैन, रेडियो नि सुन्दैन ।’ विभिन्न देशमा गरी धेरैको मृत्यु भएको बताएर सोध्दा उहाँले भन्नुभयो, ‘कोरोना ! थाहा छैन, डर नि छैन ।’

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध रहेको लामाबगरबाट एक दिन हिँडेर पुगिने लुम्नाङको जनसंख्या मुस्किलले ८० जना रहेको छ । जहाँ आफै लडेर चोट लाग्नुबाहेक हत्तपत्त रोग नलाग्ने गरेको स्थानीयबासी बताउँछन । ‘त्यस्तो रोग त थाहै छैन,’ लुम्नाङका आङनुर्बु शेर्पाले भन्नुभयो । चीनको कुती पुग्न लुम्नाङबाट पैदल १० देखि १३ घण्टा लाग्ने भएकाले बाहिरका मान्छेसँग भेटघाट हुँदैन । लामाबगर पुग्न पनि त्यति नै समय लाग्छ