जनता टाइम्स

२ चैत्र २०७६, आईतवार १८:१४

कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने सार्कका राष्ट्र प्रमुखको घोषणा


काठमाडौं, चैत २

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का राष्ट्रप्रमुखले कोरोना भाइरसविरुद्ध एकजुट भएर लड्ने घोषणा गरेका छन् । आठै देशका सरकार प्रमुखहरुले कोरोना भाइरसविरुद्ध लड्नका लागि एकजुट भएर योजना बनाउने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कले कोरोना भाइरसको जोखिमसँग सँगसँगै लड्नुपर्ने बताउनु भयो । ‘हामीले सँगसँगै तयारी गर्नुपर्छ। सँगसँगै काम गर्नुपर्छ। सँगसँगै सफल हुनुपर्छ’, आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले भन्नुभयो । मोदीले आफ्नो मुलुकले विशेष ‘प्रोर्टकल’ निर्माण गरी ‘स्क्रिनिङ’, ‘क्वारेन्टाइन’, ‘आइसोलेशन’ र ‘डिस्चार्ज’ सेवालाई प्राथमिकता दिएको बताउनु भयो ।

उहाले यो रोग रोकथाम र नियन्त्रणमा सार्कका सबै मुलुक सक्षम हुनेमा आशा व्यक्त गर्नुभयो । अन्य देशका सरकार प्रमुखले पनि आफ्नो देशमा भईरहेका कार्य र सहयोगका विषयमा धारणा राखेका थिए ।