जनता टाइम्स

४ चैत्र २०७६, मंगलवार १३:०६

कोरोना भाइसरबाट जोगिन जान्नै पर्ने यी तथ्यहरु


विज्ञहरूका अनुसार हरेक भाइरस तथा महामारीको आफ्नो जीवन हुन्छ । निश्चित अवधिपछि यो आफैं नियन्त्रणमा आउँछ या हराउँछ । यसअघि इबोला, सार्स, स्वाइन फ्लु निश्चित अवधिपछि आफैं नियन्त्रणमा आएका थिए 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का ८ सदस्य देशमा अहिलेसम्म कोरोना भाइरसका कारण तीन जनाको ज्यान गएको छ भने तीन सय ८५ जनामा संक्रमण भएको पुष्टि भएको छ । यस्तै २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा संक्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको सङख्या सात हजार एक सय ५७ पुगेको छ ।

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत नभेटिएको हैन । नेपालमा भेटिएका विरामी उपचारपछि निको भएर फर्कि सकेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण भएको थियो । तर पछिल्लो समयमा कोराना भाइरसले हामी कोही संक्रमित छैनौं होला तर कोरानो भाइरसभन्दा डरलाग्दो भाइरस यतिबेला हामीले समाजमा जबर्जस्ती फैलाएको भय र भ्रम देखिएको छ । आवश्यक सावधानी र सुरक्षा ठीक हो तर हामीले सावधानी र सुरक्षाको जुन शैली हामी अपनाउन खोजिरहेका छौं, अहिलेको हाम्रो आतुरी र आतंक जस्तै हो । बजारमा ब्यापारीले आम मानिससंग जोडिएको वस्तुमा कालोबजारी गर्नेदेखि मास्कसमेत लाखौंको संख्याका स्टोर गरी बजारमा आपूर्ति कम गर्ने खालका हर्कत देखिएका छन् । यसले आम मानिसमा कोरोना आतंक सिर्जना भएको छ । सरकारले आफ्नो तर्फबाट मुलुकमा भोली हुन सक्ने दुर्घटनालाई कम गर्ने कार्यहरु गरेपनि भरपर्दो र आम नागरिकले विश्वास गर्ने वातावरण हुन सकेको छैन ।

के कोरोना नेपालमा भित्रिएको छैन त ? के चीनबाट आएका ती संक्रमित ब्यक्तिले कति आफ्न्त भेटे साथी भाई भेटे ? उपचारमा संलग्न डाक्टरहरुले पहिले नै उक्त ब्यक्ति संक्रमित हुन नै भनेर त्यही तरिकाको उपचार पदति अपनाए ? के उनी नेपाल आउदा एक्लै जहाजमा आए ? सोचनीय विशष यो पनि हो । तर त्यो भन्दा पनि कोरोना संक्रमणको वास्तविक तस्बिरभन्दा हामीले सामाजिक सञ्जालमार्फत जबर्जस्ती फैलाएको हल्ला अनि आतंक बढी भयानक छ । मेडिकल जाँच तथा प्रमाणविना नै सामान्य ज्वरो तथा रुघाखोकी लाग्नसाथ कोरोना लाग्यो भन्दै हल्ला गर्ने र त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाउने डरलाग्दो प्रवृत्ति बढेको छ । यसले अनावश्यक रूपमा समाजमा भय फैलाउने र स्वस्थ मानिसको पनि मनोबल गिराउने काम भइरहेको छ ।

रक्सी खाए कोरोना भाग्छ । लसुन खानेलाई कोराना लाग्दैन । कोरोना लागेपछि सिधै मरिन्छ । यस्ता अनेक हल्ला र भ्रमले आम मानिस आतंकित भएका छन् । कोरोना भाइरससम्बन्धी वास्तविक जानकारी नहुँदा आम मानिसहरू विभिन्न हल्ला र भ्रमबाट अत्तालिएको अवस्था छ । विज्ञहरूका अनुसार यो आफंैमा कुनै भयानक रोग होइन । सरसफाइ र सावधानी अपनाउने हो भने यो आफैं निको हुन्छ । कोरोना भाइरसले छुनसाथ मरिहालिन्छ भन्ने भ्रम गलत भएको विज्ञहरूले बताइसकेका छन् । कोरोना भाइरसबाट संक्रमित डेढ लाखमध्ये ७५ हजारभन्दा बढी निको भइसकेका छन् र सामान्य अवस्थामा घर फर्किसकेका छन् । विश्व स्वास्थ्य संगठनको अनुसन्धानअनुसार नोभल कोरोना यो नयाँ प्रजातिको भाइरस हो, जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र विगतमा पशुहरूमा संक्रमण हुने गथ्र्यो । यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास ‘सार्स’ सम्म गराउन सक्छ ।

सन् २००३ मा देखिएको सार्स र नोबल कोरोना भाइरस एउटै प्रजातिका हुन । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन । नोबल कोरोना भाइरस मानिसहरूबीच सजिलै सर्न सक्छ भनेर अझै वैज्ञानिक पुष्टि भएको छैन । यसमा अनुसन्धान भइरहेको छ । विज्ञहरूका अनुसार हरेक भाइरस तथा महामारीको आफ्नो जीवन हुन्छ । निश्चित अवधिपछि यो आफैं नियन्त्रणमा आउँछ या हराउँछ । यसअघि इबोला, सार्स, स्वाइन फ्लु निश्चित अवधिपछि आफैं नियन्त्रणमा आएका थिए । कोरोनाबाट जोगिन रोकथामको पूर्वतयारी तथा सावधानी बुद्धिमानी हो । त्यो हरेक व्यक्ति र परिवारदेखि लिएर राज्यका निकायले गर्नुपर्छ । तर यतिबेला वडा कार्यलयदेखि सिंहदरबारसम्म सबैतिर कोरोना लागेको छ । कोरोना भन्दै काम सार्ने र पन्छाउने प्रवृत्ति बढेको छ । बजारमा पनि त्यही हालत छ । खानेकुरा, तेल र ग्यासको कृत्रिम अभाव र हाहाकार मच्चाउने कोसिस भइरहेको छ । मूल्यमा मनोमानी हुन थालेको छ । कोरोनाको बजार हल्लाबाट अत्तालिएर मानिसहरू आवश्यकताभन्दा बढी खानेकुरा तथा दैनिक उपभोगका समान थुप्रार्न थालेका छन् । त्यसले गर्दा बजारको माग र आपूर्तिको सन्तुलन बिथोलिएको छ र यही मौकामा कालोबजारी गर्नेहरू सक्रिय हुन खोजिरहेका छन् ।

गाउँघरतिर कोरोनाको हालखबर के छ, थाहा छैन तर सहरमा बस्ने हामी कोरोनाको मनोवैज्ञानिक बिरामी बनेका छन । गाउँघरका मानिससँग हात धुने साबुन छैन होला तर उनीहरूले हल्ला मच्चाएका छैनन् । कोरोनाको भय र भ्रम फैलाउने सहरका तिनै मान्छे हुन जसले कोरोनाबाट बच्न छिनछिनमा सेनिटाइजरले हात धुन थालेका छन् अनि सुत्दा पनि मास्क खोल्न डराउँछन् । मुखमा मास्क र गोजीमा सेनिटाइजर बोकेर सहरका एकथरी मानिसहरू कोरोना भगाउने कोसिस गर्दैछन् । सिंगो भूगोल कोरोनाबाट त्रस्त र ग्रस्त हुँदा हामी जोगिएका छौं ? यो हाम्रो सौभाग्य हो, यसको रहस्य दुनियाँले खोज्नेछ । यही अवस्था कायम रह्यो भने नेपालको छवि विश्वमान चित्रमा कोरोनामुक्त स्वास्थ्य र सुरक्षित मुलुकका रूपमा चम्किनेछ ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविक नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण ?

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुने गर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।

भाइरसबाट संक्रमित बिरामीलाई देखापरेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने