जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १६:५७

बैदेशिक रोजगारमा जान नपाएकालाई स्वदेशमै रोजगार


काठमाडौं, चैत ६ । सरकारले वैदेशिक रोगजारीमा जान नपाएका नेपालीहरुलाई स्वदेशमै रोजगार दिने घोषणा गरेको छ । कोरोना भाइरसका कारण सरकारले केही समयका लागि बैदेशिक रोजगारमा रोक लगाएको छ ।

सो निर्णयले बैदेशिक रोजगारमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन सरकारले आह्वान गरेको हो । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन । सोही मुद्दालाई सम्बोधन गर्दै सरकारले यस्तो आह्वान गरेको हो । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी औपचारिक रुपमा आग्रह गर्नुभयो ।

‘बैदेशिक रोजगारलाई अहिले तत्कालका लागि हामीले रोक्यौं, फर्किने कुरामा पनि खास खासमुलुकमा रोक्नु परेको छ । तर यसो गरिरहँदा बैदेशिक रोजगारीमा जान नपाएका नागरिकहरु स्वदेशमै रोजगारमा रहन चाहनु हुन्छ भने श्रम मन्त्रालयमा आवद्ध भएर प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गर्दछु । तर म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु भएन,’सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री खतिवडाले भन्नुभयो ।