जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार २१:०४

के हो भारतमा आइतवारबाट लगाइएको जनता कफर्यु ?


नयाँ दिल्ली, चैत ६

कोरोना भाइरसको संक्रमण रोक्नका लागि भारतले नयाँ तरिका अपनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अर्थात् २२ मार्च २०२० देखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन् ।

बिहीबार भारतीय जनतालाई टेलिभिजनमार्फत सम्बोधन गर्दै जनताले आफैंबाट लागु हुने गरी जनता कर्फ्यु लागु गर्ने घोषणा गर्नुभएको हो । मोदीले आइतवारबाट विहान सातदेखी राति ९ बजेसम्म जनता कफ्र्यु लागु हुने बताउनु भयो । सो समयमा जनतालाई आफ्नो घरबाट बाहिर निस्कन पाउने छैनन् ।

त्यसैगरी मोदीले कोरोना भाइरसको संक्रमण लाग्दैन भन्‍ने सोच्‍नु गलत भएकोसमेत बताउनु भयो । प्रधानमन्त्री मोदीले अहिले विश्‍व विश्वयुद्धको संकटभन्दा पनि नराम्रो तरिकाले प्रभावित भइरहेकोले विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिनुभयो ।

मोदीको भाषणको पूर्णपाठ

नमस्कार ।

सिंगो विश्‍व अहिले संकटबाट गुज्रिरहेको छ । अहिलेको संकटले विश्वभरका मानवजातीलाई नै संकटमा छ ।

युद्धबाट पनि प्रभावित भएका थिएनन् । दुई महिनादेखि हामी निरन्तर विश्वभरबाट आएका कोरोनासम्बन्धी चिन्ताजनक समाचार सुनिरहेका छौं । भारतका १३० करोड नागरिकले कोरोनाजस्तो महामारीको सामना गरिरहेका छन् ।

सबै भारतीयले आवश्यक सावधानीका प्रयासहरु गरेका छन् । विगत केहीदिनदेखि यस्तो माहोल बनिरहेको छ कि हामी संकटबाट बचेका छौं । हामीलाई सबै ठिक चलिरहेको महसुस भएको छ । तर, कोरोना लाग्दैन भन्‍ने चिन्तारहित हुनु सही होइन । त्यसकारण हरेक भारतीय सजग र सतर्क हुन जरुरी छ ।

मैले अहिलेसम्म जे मागेको छु, त्यसमा देशवासीले निराश गरेका छैनन् । हामी सबै मिलेर हरेक संकटको सामना गरेका छौं । आज म देशवासीलाई आगामी केही हप्ता माग्न आएका छौं । अहिलेको स्थितिमा चिन्ता बढ्नु स्वभाविक हो ।

जुन देशमा कोरोना भाइरसको प्रभाव र प्रकोप बढि देखिएको छ । यी देशमा अचानक संक्रमणको एक्कासी विस्फोट भएको थियो । ती देशमा कोरोना संक्रमितको संख्या एकाएक उच्च पुगेको छ । भारत सरकारले यस स्थितिलाई मध्यनजर गरेका छौं ।

तर, केही यस्ता देश यस्ता पनि छन् जसले आवश्यक निर्णय पनि गरे र आफ्ना नागरिकलाई आइसेलट गरेर स्थितिलाई नियन्त्रणमा लिएका छन् । जसमा नागरिकको भूमिका महत्‍वपू्र्ण रहेको छ ।

भारतजस्तो १३० करोड नागरिक भएको र विकाशील देशलाई कोरोनाको सामना गर्नु सामान्य विषय होइन । हामी विकसित देशमा यसको व्यापक प्रभाव देखिरहेको छौं । भारतमा यसको प्रभाव पर्दैन भन्‍ने मान्‍नु गलत हो । यसको सामना गर्नका लागि दुई मुख्य कुरा आवश्यक छन् । जुन संकल्प र संयम हुन् ।

१३० करोड जनताले एक नागरिकका हैसियतामा आफ्नो कतर्व्यको पालना गर्ने, केन्द्र र प्रदेश सरकारको सुझावलाई पूरा रुपमा पालना गर्ने, हामी आफैं संक्रमित हुनबाट बच्ने र अरुलाई पनि संक्रमित हुनबाट बचाउने संकल्प लिनुपर्छ । यसमा एउटा मन्त्रले काम गर्छ ( हम स्वस्थ् र जगत स्वस्थ । कुनै औषधी बनिनसकेको यस भाइरसबाट बच्न हामी स्वस्थ रहनुपर्छ ।

अर्को छ संयम । यो भनेको कोरोना वैश्विक महामारीबाट बच्न भिडभाडमा नजान र सोसल डिस्टेन्सिङ आवश्यक छ ।

आफू ठिक छु । केही नहुने भन्ने सोचेर यतिकै बजारमा गुमिरहन्छु भन्‍ने सोच सही छैन । यसो गर्नु भनेको आफूसँग र आफ्ना प्रियजनसँग अन्याय गरिरहनु भएको छ । जतिसकेसम्म आफ्नो काम घरबाटै गर्नूस् । सरकारी सेवामा हुन्, अस्पतालसँग जोडिएका, मिडियाकर्मीको भूमिका थप सक्रिय हुन आवश्यक छ । तर, अन्य समाजका नागरिकले आफूलाई आइसोलेट गर्नुपर्छ ।

मेरो अर्को छ कि ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरबाट बाहिर ननिस्किन आग्रह गर्दछु । वर्तमान पिंढी पुराना कुराबाट परिचित नहुन सक्छ । म भन्न चाहन्छु ( जब म सानो थिए, युद्धको स्थिति हुन्थ्यो । मानिसहरु रातभर चौकीदारी गर्थे । सिसाका घरमा कागज लगाएर बन्द गर्दथ्यो । कुनै पनि युद्ध नहुँदा पनि महानगरले वर्षमा एक(दुई चोटी ब्ल्याकआउट गरिन्थ्यो ।

म अर्को आग्रह गर्न चाहन्छु कि अब जनता कर्फ्यू लागु गरिनेछ । २२ मार्चदेखि बिहान सात बजेदेखि बेलुका ९ बजेसम्म जनता कर्फ्यू पालना गर्नुपर्छ । यस अवधिमा कुनै पनि जनता घरबाट बाहिर ननिस्किनु ।

जो आवश्यक सेवासँग जोडिएका हुन्छन् । उनीहरुले त जानैपर्छ । तर, एक नागरिकका रुपमा घरबाट बाहिर ननिस्किन आग्रह गर्दछु । २२ मार्चमा राज्य सरकारलाई पनि आग्रह गर्दछु कि उनीहरुले पनि जनता कर्फ्यूको लागु गर्न सहयोग गरोस् । हाम्रो देशमा रहेका विभिन्‍न संगठनहरुले आइतबारसम्म जनता कर्फ्यूको सन्देश जनतासम्म पुर्‍याउन आग्रह गर्दछु ।

हरेक एक सचेत नागरिकले १० जनालाई फोन गरेर जनता कर्फ्यूका बारेमा सम्झाओस् । यो कोरोना्जस्तो महामारीको लडाईंका लागि भारत कति तयार छ भन्‍ने जान्‍ने अवसर पनि हो । २२ मार्चमा तपाईंहरुबाट एक अर्को सहयोग चाहन्छु । पछिल्लो २ महिनामा लाखौं मानिसहरु विमानस्थल, सडक, गलीजस्ता ठाउँहरुमा काममा जुटिरहेका छन् । प्रहरी, स्वास्थ्यकर्मी, मजदुर, मिडियाकर्मीलगायत सम्पूर्ण मानिसहरु आफ्नो प्रवाह नगरी जनताको सेवामा जुटिरहेका छन् । यो सेवा असामान्य हो । उनीहरुलाई संक्रमणको पूर्ण जोखिम हुँदाहुँदै पनि हरेकले सेवा गर्न जुटिरहेका छन् । उनीहरुले कोरोना महामारी र हाम्रो बीचमा एक शक्ति बनेर उभिएका छन् । मुलुक यस्ता विभिन्‍न तहतप्कामा रहेका मानिसहरुप्रति कृतज्ञ छ । हामी यी सबैलाई धन्यवाद व्यक्त गर्दछौं । यी व्यक्तिलाई धन्यवाद दिनका लागि आइतबार हामी हाम्रो घरको बार्दलीमा उभिएर बेलुका ५ बजे ५ मिनेटसम्म आभार व्यक्त गर्दछौं । आभार व्यक्त गर्ने तरिका ताली बजाएर, थाली बजाएर, घण्टी बजाएर उहाँहरुलाई सेल्युट गरौं । सेवास् परमो धर्म मान्‍ने हामीले पूर्ण श्रद्धाका साथ यस्ता व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नुपर्दछ ।

संकटका यस घडीमा हाम्रो सेवा दिने संस्था, अस्पतालमा दबाब बढ्न नदिन हामी सक्रिय हुन आवश्यक छ । मेरो सबै देशवासीसँग आग्रह गर्दछु कि रुटिन चेकअपका लागि हाम्रो बानी छ यसबाट बच्‍नुपर्दछ । जानैपर्ने भए, आफ्नो टोलमा भएको, चिनेजानेको र आफन्त चिकित्सकहरुसँग फोन गरेर सल्लाह लिन सकिन्छ ।

यस वैश्विक महामारीको अर्थव्यवस्थामा पनि व्यापक मार पर्दैछ । सरकारले यसका लागि भारतको वित्तमन्त्रीको नेतृत्वमा कोभिड(१९ इकोनमिक टास्कफोर्स गठन गरेको छ । यस कार्यदलले वित्त विज्ञहरुसँग सल्लाह गरेर आवश्यक निर्णय लिनेछ । यस कार्यदलले आर्थिक स्थितिलाई कम गर्न निर्णय लिन सक्नेछ ।

यस संकटबाट आफू बचौं, देश बचाऔं र जगत जोगाऔं । म फेरि आग्रह गर्दछु, जनता कर्फ्यू लागु गरौं ।