जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार ११:४६

कोरोना रोकथामका लागि चिनले सहयोग गर्ने, भिडियो कन्फरेन्सबाट सुझाव दिदै


काठमाडौं, चैत ७

कोरोनाको उद्गमस्थल वुहानबाट चिनले संक्रमण फैलिनबाट रोक्ने कार्य पूर्णरुपमा नियन्त्रणमा लिएको छ । विश्वमा कोरोना पहिलो पटक कुनै ठाउमा पूर्ण रुपमा नियन्त्रण लिएको यो पहिलो घटना हो ।

विश्वले यसलाई कसरी रोकथाम गर्न सकिन्छ भनेर चिन्तित बनेका बेला चिनले रोकथाम गर्न सफल भएपछि उसले यसबारेमा नेपाललाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि नेपालसहित दक्षिण एशियाली देशसँग चीनले भिडियो कन्फरेन्स गर्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनुहुनेछ । कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताउनुभयो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको छ । के के सामान जरुरत पर्छ भन्ने विषयको लिस्ट तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।