जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १२:५१

कोरोनाबिरुद्ध चिनियाँ वैज्ञानिकलाई मिल्यो ठूलो सफलता : बाँदरमा गरिएको परीक्षण पूर्ण सफल


काठमाडौं, चैत ७ । कोरोना भाइरसबिरुद्धको लडाईमा चिनियाँ वैज्ञानिकहरुले ठूलो सफलता प्राप्त गरेका छन् । ग्लोबल टाइम्सले जनाएअनुसार कोरोना संक्रमण भइसकेका व्यक्तिको उपचारमा चीनका वैज्ञानिकहरुले ठूलो सफलता प्राप्त गरेका हुन ।

सो पत्रिकाका अनुसार कोरोना भाइरस संक्रमण भएका बाँदरमा गरिएको परीक्षणका क्रममा बाँदरको शरीरमा एन्टीबडी बिकास भएको पाइएको छ । एक पटक कोरोनाको संक्रमण भएका व्यक्तिमा फेरि संक्रमणको जोखिम कम गर्नका लागि यो अहिलेसम्मकै ठूलो सफलता हो ।

चीनले यसअघि नै कोरोना भाइरसको संक्रमण रोक्नका लागि औषधिको बिकास गरेर परीक्षण गरिरहेको छ । चीनले बनाएको सो औषधि अर्को महिनादेखि प्रयोगमा आउने छ । सो औषधी चीनले अमेरिकाले भन्दा छिटो प्रयोगमा ल्याउने तयारी गरेको छ ।