काठमाडौं, चैत ७
सरकारले काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्मका लागि लागु हुनेगरी अत्यावश्यक बाहेकका सेवा संचालन नगर्न आदेश दिएको हो ।
मन्त्रालयद्वारा शुक्रबार जारी १५ बुँदे निर्देशनमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० बेड र सोभन्दामाथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धित सेवाहरू आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्देशन दिने ।’
यस्तो छ १५ बुँदे निर्देशन
प्रतिक्रिया दिनुहोस्