जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार १४:०२

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं, चैत ७

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरसको विषयमा देशबासीका नाममा सम्वोधन गर्नुहुने भएको छ । उहाले आज साँझ देशबासीका नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले गर्न लाग्नु भएको सम्बोधनलाई विशेष रुपमा हेरिएको छ । सम्वोधन आजै साँझ गर्ने बताइएपनि समय तय भईसकेको छैन ।

सम्वोधन अगाडी प्रधानमन्त्री ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा कोरोनाको रोकथामका विषयमा छलफल भएको बताइएको छ ।

सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन, अत्यावश्यक काममा मात्र बाहिर निस्कन आग्रह गरिसकेको छ ।