जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १०:०३

मोदीले गरे प्रधानमन्त्री ओलीको प्रसंशा


काठमाडौं, चैत ८ । कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको छ । नेपाल सरकारको यो निर्णयका लागि मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सो घोषणाको भारतीय प्रधानमन्त्री ओलीले खुलेर संशा गर्नुभएकोहो ।

‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ,’ मोदीले भन्नुभएको छ । यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिनुभएको थियो ।

यो कोषमा सार्क सदस्य देशहरुले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउँछन् । जसमा नेपालले १० करोड जम्मा गर्ने घोषणा गरेको हो ।