काठमाडौं, चैत ८ । सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको छ । आज राती सम्पन्न ककोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको हो ।
कार्यदल समिति मातहत नै रहने गरी गठन गरिएको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खतिवडाका अनुसार स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा एउटा कार्यदल गठन गरिएको छ । यस्तै देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने छ ।
बैठकपछि अर्थमन्त्री खतिवडाले दिनुभएको जानकारीअनुसार बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ भने आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ ।यस्तै राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा कार्यदल र निर्णय÷निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन गर्न रक्षा ममन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यस्तै सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ । बैठकमा नेपाल भारत सीमा नाका बन्द गर्ने बिषयमा समेत छलफल भएको छ । तर नेपालको प्रस्तावमा भारतको जवाफ नआइसकेकोले निर्णय भने हुन सकेन । अर्थमन्त्री खतिवडाका अनुसार भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको छ ।
https://www.facebook.com/NewsAgencyNepal/videos/254089862280473/
प्रतिक्रिया दिनुहोस्