काठमाडौं, चैत ९
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पदम गिरीले आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब दिने घोषणा गर्नुभएको छ । पर्वतबाट प्रतिनिधिसभामा विजयी हुनु भएका सांसद गिरीले जिल्ला अस्पताल पर्वतमा आइसोलेन वार्ड स्थापना गर्न सो रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
नेकपा पर्वतका अध्यक्षसमेत रहुन भएका उहाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।
सांसद् गिरीले आइसोलेसन वार्ड तथा उपकरण तथा अन्य अत्यावश्यक सामग्री संकलनका लागि सहयोग कोषसमेत बनाउने बताउनु भयो । सो कोषमा देश र विदेशमा रहेकाहरुले सहयोग गर्न सक्ने जानकारी दिनुभयो । ‘सहयोग कोषको व्यवस्थापन जिल्ला अस्पताल पर्वतले गर्ने र अनुगमन, नियमित र प्राप्त सहयोगको संयोजन जिल्ला समन्वय समिति, जिल्ला प्रशासनिक कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने गरी आवश्यक व्यवस्था मिलाइने छ’, विज्ञप्तीमा उहाले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्