जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १५:२१

कोरोना संक्रमित युवती चिकित्सक परिवारकै सदस्य रहेको खुलासा : तेस्रो परीक्षणमा भेट्टियो कोरोना


काठमाडौं, चैत १० । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी नेपाली युवती चिकित्सककै परिवारकी सदस्य रहेको तथ्य खुलेको छ । यही चैत ४ गते नेपाल आएलगत्तै होम क्वारेन्टाइनमा रहेकी १९ बर्षीया ती युवतीमा पहिलो र दोस्रो स्वाब टेष्ट नेगेटिभ देखिएको थियो ।

युवतीलाई तेस्रो पटकको परीक्षणबाट मात्रै कारोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । होम क्वारेन्टाइनमा बसेकी युवतीलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिए पनि अभिभावकले नै अस्पताल पुर्याएका थिए । चैत ४ गते फ्रान्सबाट काठमाडौं आइपुगेकी १९ वर्षीया युवती घरमै सेल्फक्वारेन्टाइनमा बसेकी थिइन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज पत्रकार सम्मेलन गरी एक युवतीमा कोरोना पोजेटिभ देखिएको जानकारी गराउनु भएको थियो । उनको अहिले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ ।