काठमाडौं, चैत्र १०
कोरोना संक्रमित महिला चढेको जहाजका सबै यात्रुको ‘कन्ट्याक ट्रयासिङ’ गर्न स्वास्थ्य मन्त्रालयले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई निर्देशन दिएको छ ।
फ्रान्सबाट कतार हुदै नेपाल आएकी १९ वर्षिय युवतिलाई कोरोना संक्रमित भएको पुष्टि भएपछि उनिसँगै आएका अरुलाई पनि खोजी गर्न भनिएको हो ।
‘चैत ४ गते मंगलबार फ्रान्सबाट कतारको दोहा हुदै नेपाल आएको नेपाली नागरिकमा कोभिड–१९ रोगको प्रयोगशालामा परिक्षण गर्दा नतिजा पोजेटिभ आएको व्यहोरा अवगत नै छ’, अति गोप्य लेखिएको पत्रमा भनिएको छ, ‘यसै सन्दर्भमा उक्त यात्रुको परिवारजनका सदस्यहरु, नीज यात्रु नेपाल आउँदाको फ्लाइटमा भएका सम्पूर्ण यात्रुहरु र नीजको सम्पर्कमा आएका अन्य व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ कार्य तुरुन्त सूचारु गरी क्वारेन्टाइन लगायतका कार्यहरु भए नभएको एकिन गर्नुहुन र प्रोटोकल अनुसार जे गर्नुपर्ने हो, सोही अनुसार गरी २४ घण्टाभित्र कार्य प्रगतिको विवरण पेश गर्नूहुन निर्देशानुसार अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस्