जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार ००:०३

पश्चिम नेपालको आकाशमा देखियो अनौठो दृश्य


काठमाडौं, चैत १४ । पश्चिम नेपालको आकासमा बिहिबार साँझ अनौठो दृष्य देखिएको छ । बिहीवार राती करिव आठ देखि नौ बजेको समयमा कास्की, गुल्मी, पर्वत, बाग्लुङ आदी जिल्लाको आकाश हुँदै एउटा अनौठो दृश्य देखा परेपछि मानिसहरु अच्चमित भएका छन ।

आकाशमा अनौठो किसिमको दृश्य आगो जस्तै उज्यालो हुँदै दौडिरहेको अवस्थामा सबैले देखेपछि के हो के भनेर मानिसहरु आत्तिएका थिए । धेरैले यसको दृश्य कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याएका छन । कतिपयले यसलाइ उल्का तारा भएको बताएका छन ।

धेरै जिल्लाका स्थानियबासीहरुले उक्त दृश्य नजिकबाट नियालेका थिए । यो के हो भन्ने बिषयमा आधिकारिक रुपमा कतैबाट पुष्टि भने भएको छैन । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उक्त दृश्य देखिएको भन्ने हल्ला आफुले पनि सुनेको तर थप जानकारी नभएको बताउनुभयो ।

गुल्मी घर भएकी पत्रकार गगनशिला खड्काले पनि ठुलो आवाजसहित यो चिज पोखरा,बाग्लुङ नवलपरासी तिर गएको चर्चा छ भन्नुभएको छ । कोरोनाका कारणले घरभित्रै बसेका मानिसहरु आकाशमा यस्तो दृश्य आएको थाहा पाएपछि घर बाहिर निस्केका थिए ।