जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १५:२५

कोरोना भाइरस महामारी : २४,१४८ को मृत्यु, ह्वात्तै बढ्यो स्पेन, इटाली र अमेरिकामा मृत्युदर


काठमाडौं, चैत १४

हालसम्म विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संख्या २४ हजार १ सय ४८ पुगेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ लाख २४ हजार ५सय ६४ जना उपचार पश्चात निको भइ अस्पतालबाट घर फर्किएका छन्। हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ लाख ३७ हजार ७ सय ८७ जना पुगेका छन् ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उद्गमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ ।