जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार ०७:५२

झनझन फैलदै कोरोना भाइरस : २७ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै एक लाख संक्रमित


काठमाडौं, चैत १५ । हालसम्म विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संख्या २७ हजार ३ सय ५२ पुगेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणको संख्या पनि ५ लाख ९६ हजार ७ सय २३ जना पुगेको छ ।

अहिलेसम्म १ लाख ३३ हजार ३ सय ५५ जना उपचार पश्चात निको भइ अस्पतालबाट घर फर्किएका छन्। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ। कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ ।

बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उद्गमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २४ हजार ६५ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचार पश्चात निकोभइ अस्पतालबाट घर फर्किएका छन्।

कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उदगमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । इटलीमा अहिलेसम्म ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ९५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा २ हजार ३ सय ७८ जना, फ्रान्समा १ हजार ९ सय ९५ जना, अमेरिकामा १ हजार ६ सय ९५ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बेलायतमा ७ सय ५९ जना नेदरल्यान्ड्समा ५ सय ४६ जना, जर्मनीमा ३ सय ५१ जना र बेल्जियममा २ सय ८९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै पुगेको छ । अमेरिकामा हालसम्म ९९ हजार ९ सय २५ जनामा कोरोना संक्रमण भएको छ ।