जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १३:२६

पर्यटनमन्त्री भट्टराई भन्नुहुन्छ : धमिलो पानीमा जाल थाप्नेहरु स्वास्थ्यकर्मी भडकाउन लागि परेका छन्


काठमाडौं, चैत १५

पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना भाइरसका विरुद्ध सरकार र सिंगो जनता लागि रहदा केही व्यक्ति भने समाजलाई भडकाउने दिशामा अग्रसर रहेको बताउनु भएको छ । सरकारले यो गरेर र त्यो गरेन भन्दै स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई भडकाउन लागि परेको बताउनु भएको हो ।

कोभिड–१९ का बारमो उहाले प्रस्तुत गर्नुभएका ११ बुँदा यस्ता छन्

१. यो विश्वकै लागि अस्वभाबिक र अप्रत्यासित थियो र नेपालका लागि पनि ।

२. स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको छ ।

३. एउटा बिकाशोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था हो ।

४. सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतक्ष निर्देशनमा उपप्रधान मन्त्री माननीय ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको छ ।

५. परिस्थिती अत्यन्तै जटील रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्तीर कमजोरी हुनसक्ने अवस्थालाई नकार्न सकिदैन । त्यसलाई आत्मासत गर्दै सच्याउदै अघि बढ्न हामी सबै प्रतिबद्ध छौ ।

६. हाम्रो ईतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होईन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । हामी ठिक यहि बाटोमा छौ ।

७. यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोशिस गरेको देखिन्छ । त्यसलाई कामबाटै जवाफ दीइने छ । जनस्तरबाटै त्यसको भण्डाफोर हुनेनै छ ।

८. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफुलाई जोखिममा राखेर पनि अहोरात्र खटीरहनु भएको छ । वहाँहरु सबैको प्रशंसा गर्दछु । वहाँहरुको थप हौसलाका लागि सरकारले बिभिन्न प्याकेज घोषणा गरेको छ । धमिलो पानीमा जाल थाप्नेहरु उनीहरुलाई भड्काउन कोशिस गर्दैछन् । सबै होसियार हुनु पर्दछ । आफ्नो जिम्मेवारी छोड्नु हुँदैन ।

९. उपकरण तथा औषधीको आपुर्ती र बितरणमा स्वास्थ्य मन्त्रीज्युको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापुर्बक काम गरिरहेको अवस्था छ । अब यसमा छिट्टै सहजता आउने छ ।

१०. कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्दछ । हामी सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध छौ ।

११. आज सिगो राष्ट्र र मानवजाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ ।