जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १६:४२

नेपालमै भेटिए कोरोना भाइरसका पाँचौँ संक्रमित


काठमाडौं, चैत १५ । नेपालमा कोरोना संक्रमित अर्काे बिरामी फेला परेको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा आज थप एक जनामा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले आज सो जानकारी दिनुभएको हो ।

देवकोटाका अनुसार बेल्जिएमबाट कतार हुँदै नेपाल आएकी हुन । क्यूआर ६५२ बाट चैत ४ गते नेपाल आएकी १९ बर्षीय ती युवतीमा कोरोना संक्रमण देखिएको हो । थप एक जनामा कोरोना देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यसअघि संक्रमित एकजना उपचारपछि घर फर्किएका छन भने चार जना उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।