जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार २१:४२

स्वास्थ्य सामाग्री खरिद गर्न आफुले नपाएपछि यी व्यापारीले फैलाए भ्रष्टचारको हौवा (भाग –१)


काठमाडौं, चैत १५

‘सबैलाई थाहा छ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्यको विज्ञ होइन र सबै कुरा थाहा नहुनु अन्यथा होइन । रात(दिन खट्नुभएको छ, राज्यका सीमा, स्रोत र साधनले भ्याएसम्म नागरिकलाई बचाउन हरसम्भव कोसिस गरिरहनुभएको छ । मन्त्रीले चाहनेवित्तिकै रातारात पीपीई बन्छ, अस्पताल तयार हुन्छन् र सबै मानिसको परीक्षण हुन्छ जस्तो गरी भ्रम सिर्जना गर्नुका पछाडि अहिले पनि स्वास्थ्य क्षेत्र (स्वास्थ्य मन्त्रालयमा समेत) पकड जमाइरहेको गिरोहको हात छ । पक्कै पनि कोरोना जस्तो महामारीका विरूद्ध लड्नका लागि हामीले धेरै कोसिस गर्नुछ । तर, काम गरिरहेका मन्त्रीलाई लखेटेर संकटमा राजनीतिक स्वार्थको रोटी सेकाउन खोज्नेबाट सावधान हुन जरुरी छ ।’, यी शब्द हुन्, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालका ।

रिजालका भनाईले पनि प्रष्ट पार्छ अहिले स्वास्थ्यसम्बद्ध क्षेत्रमा के भईरहेको छ भनेर । विश्व नै कोरोना भाइरस (कोभिड–१९)सग लडिरहेको छ । विश्वका महाशक्ति भन्ने राष्ट्र अमेरिका, चिन, भारत, इटाली, स्पेन जस्ता देश लडिरहेका छन् । चिनले एकप्रकारले यो भाइरसप्रति जितको नजिक पुगेपनि अन्य राष्ट्र अझै लडिरहेका छन् । आर्थिक स्रोत र साधन सम्पन्न राष्ट्र अहिलेसम्म निरिह बनिरहेका छन् । यो रोगबाट नेपालपनि उछुतो छैन । शनिवारसम्म नेपालमा पाँच जनामा यो संक्रमण भएको पाइएको छ ।

सिमित आर्थिक स्रोत र प्रविधिबाट गुज्रिरहेका नेपालले यो भाइरससँग लड्न हरसम्भव प्रयास गरेको छ । नेपालमा विशेषगरी स्वास्थ्य सामाग्रीको अभाव देखिएको छ । कोरोनासँग जुध्नका लागि पिपिइ, किट, इन्फारेट थर्मोमिटर लगायतका अत्यावश्यक १९ प्रकारका सामान ल्याउने निर्णय गरेको थियो । छोटो समयमा धेरै प्रकारका सामान ल्याउनुपर्ने भएपछि सरकारले चैत ११ गते नै निर्णय गरेको थियो । सरकारी तवरबाट ल्याउदा केही समय लाग्ने भएकाले त्यसअघि नै कोही व्यापारी वा व्यवसायीले ल्याउन सके कानुन र विधि अनुसार सरकारले प्रयोग गर्ने निर्णय गरेको छ ।

सोही अनुसार स्वास्थ्य मन्त्रालयमा सरकारले व्यवसायीसँग पनि छलफल गर्यो । छलफलका क्रममा केही व्यापारी उपस्थित थिए । सरकारले छिटो सामान ल्याउनुपर्ने हतारो थियो । किनकी देशमा पसिसकेको कोरोनाको संक्रमण रोक्न सामाग्री छिटो ल्याउनुको विकल्प थिएन । छलफलमा सहभागी व्यापारीहरु मध्ये जसले सस्तो बोल र छिटो ल्याउछु भनेर कागज पेश गरे उनैले सो काम पाए । तर, स्वास्थ्य मन्त्रालयमा एउटा यस्तो गिरोह छ, जसले यो सामान ल्याउने ठेक्का पाएन ।

नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य सामाग्री ल्याउनका लागि ठेक्कामा हालीमुहाली गरेको समुहले यो ठेक्का नपाएपछि भ्रष्टचारको हौवा फिजाउन खोजेको देखिन्छ । देश संकटमा परेका बेला आफुले ठेक्का नपाएपछि सो व्यापारीक समुह अहिले विना आधार भ्रष्टचार भयो भनेर केही सञ्चारमाध्यमलाई कपोकल्पित समाचार सम्प्रेषण गर्न लगाईरहेको छ । त्यो पनि स्वास्थ्यमन्त्री भईसकेका थापाको लगानी भएको सञ्चारमाध्यमबाट । त्यहा मन्त्रालय स्रोत भनेर हैवा दिइएको छ । 

भ्रष्टचार भएको कुनै पनि कागजी आधार सो समुहले दिन सकेको छैन । दिएको छ त केवल यति पर्ने सामान यतिमा ल्याउन लाग्यो भनेर उल्लेख मात्र छ । त्यति पर्ने सामान कुन कम्पनीले कहाबाट उपलब्ध गराउछ भनेर उल्लेख समेत गरिएको छैन ।