जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार ००:३३

कोरोनाबाट ३०२९९ जनाको मृत्यु : ६ लाख ५० हजार बढी संक्रमित, अमेरिका सवैभन्दा बढी प्रभावित


काठमाडौं, चैत १६ । बिश्वभर महामारीको रुपमा फैलिएको विश्वमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संख्या ३० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ३० हजार २ सय ९९ जनाको मृत्यु भएको छ ।

पछिल्लो सयम कोरोना भाइरसको संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । वल्डोमिटर्र्सका अनुसार अहिलेसम्म ६ लाख ५० हजार ९ सय १९ जना संक्रमित बनेका छन । कोरोना संक्रमित बनेकामध्ये अहिलेसम्म १ लाख ३९ हजार ५ सय ५५ जना उपचार पश्चात निको भइ अस्पतालबाट घर फर्किएका छन।

कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । इटलीमा अहिलेसम्म १० हजार २३ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ हजार ८ सय १२ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ९५ जनाको मृत्यु भएको छ । यस्तै इरानमा २ हजार ५ सय १७ जना, फ्रान्समा २ हजार ३ सय १४ जना, अमेरिकामा १ हजार ९ सय ४३ जना कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै बेलायतमा १ हजार १९ जना, नेदरल्यान्ड्समा ६ सय ३९ जना, जर्मनीमा ४ सय ३ जना र बेल्जियममा ३ सय ५३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै पुगेको छ । अमेरिकामा हालसम्म १ लाख १६ हजार ३ सय २६ जनामा कोरोना संक्रमण भएको छ ।