काठमाडौं, चैत १६ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ हजारको हाराहारी पुगेको छ । यो समाचार तयार पार्दासम्म बिश्वभर कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ७९ जनाको मृत्यु भएको छ ।
पछिल्लो सयम कोरोना भाइरसको संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । वल्डोमिटर्र्सका अनुसार अहिलेसम्म ६ लाख ६३ हजार ७ सय ४० जना संक्रमित बनेका छन । कोरोना संक्रमित बनेकामध्ये अहिलेसम्म १ लाख ४२ हजार १ सय ८३ जना उपचार पश्चात निको भइ अस्पतालबाट घर फर्किएका छन।
कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । इटलीमा अहिलेसम्म १० हजार २३ जनाको मृत्यु भएको छ भने स्पेनमा ५ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार ३ सय जनाको मृत्यु भएको छ । यस्तै इरानमा २ हजार ५ सय १७ जना, फ्रान्समा २ हजार ३ सय १४ जना, अमेरिकामा २ हजार २ सय २७ जना कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै बेलायतमा १ हजार १९ जना, नेदरल्यान्ड्समा ६ सय ३९ जना, जर्मनीमा ४ सय ३३ जना र बेल्जियममा ३ सय ५३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै पुगेको छ । अमेरिकामा हालसम्म १ लाख २३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्