जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार १६:३४

चार ठाउमा कोरोना परिक्षण गर्ने मेसिन तत्काल पठाइने, भोलीबाट जाँच शुरु गरिने


काठमाडौं, चैत १६

सरकारले कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षण मेसिन चार वटा प्रदेशमा आजै पठाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले चार वटा प्रदेशमा तत्काल पठाउने निर्णय गरेको हो ।

समितिका अनुसार चीनबाट आज पाँच थान आएको र त्यसमध्ये प्रदेश–२, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एक थान पठाउने निर्णय गरेको छ । प्रदेश–१ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आजबाट शुरु गरिसकेको छ । समितिले बाँकी रहेको एक मेसिन भने जहा बढि आवश्यकता पर्दछ त्यहा पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर जनकपुर, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा राख्ने निर्णय भएको छ । त्यहा आवश्यकता अनुसारको दक्ष जनशक्ति पठाउने काम भईरहेको बताएको छ ।