काठमाडौं, चैत १७ । सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न गरेको आग्रहलाई बेवास्ता गर्दा धनगढीका अमृत शाही कोरोना संक्रमणमा परेका छन ।
हाल धनगढीमा कोरोनाको उपचार गराईरहेका शाहीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिने क्रममा क्वारेन्टाइनमा बस्न या घरमा आइसोलेशनमा बस्न आग्रह गर्दा घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी बाहिरिएका थिए । तरबिमानस्थलबाट बाहिरिएपछिउनी जथाभावी भेटघाट गर्दै हिडदा उनलेकतिलाई यो रोग सारे भन्ने अनुमानसमेत गर्न सकिएको छैन ।
समाजिक सञ्जाल फेसबुकमा पत्रकार राजेन्द्र बानियाँले शाहीको बिषयमा यसरी लेख्नुभएको छ :
आज बिहानमात्र धनगढीमा भेटिएका कोरोना पोजिटिभ पाइएका अमृत शाहीसङ्ग कुरा गरेँ। उनको कुरा सुनेर उदेक लाग्यो । एअरपोर्टमा उनलाई कि सरकारको क्वारेन्टाइनमा बस्न या घरमा आइसोलेसनमा बस्न भनिएको रहेछ । उनले घरमै बस्छु भनेर छोडिएको रहेछ,त्यसबेलासम्म उनमा कोभिड-१९ पोजिटिभ देखिएको पनि थिएन । तर एअरपोर्टबाट निस्केपछी उनले सबै कुरा बिर्से । भान्जाकोमा, त्यसपछी बसपार्क, अनि डोमेस्टिकमा नेपालगन्ज, रिक्सामा कोहलपुर, माइक्रोमा अत्तरीया अनि विङ्गरमा धनगढी । कतिसङ्ग भेट भो होला भन्दा कति कति थाहा छैन भन्छन् । हो, यहीँ छ, समस्याको जड । कम्तिमा नि भान्जाकोमा अलक्क गएर सबै सुरक्षा विधि अपनाएर १४ दिन बस्देको भए न आज उनलाई एक्लै राख्नुपर्थ्यो,न सबै परिवार आसोलेसनमा सन्त्रासमा बस्नुपर्थ्यो ? अब उनले कतिजनालाई सारे त्यो सोच्यो भने रिंगटा लाग्छ सायद ।
भन्छन, तेत्रो समयपछि कसलाई परिवार भेट्न मन लाग्दैन ? मानवीय रुपमा कुरो ठिक होला तर संक्रमण या भाइरसले कति बर्ष पछि आएको भन्दैन । बाँची बसे परिवारसङ्ग १४ दिनमा भेट्न पाइन्थ्यो पनि । उनले त्यतिपनी ख्याल गरेनन्, सरकारले भनेको पनि नमान्ने अनि सरकारलाई नै गाली गर्ने प्रवृत्तिका उदाहरणीय पात्र हुन उनी । यसो भन्दैमा उनको उपचारमा उदासिनता देखाउनु हुदैन राज्यले । आफ्नो कटु आलोचकप्रती पनि राज्य त्यतिनै लोयल हुनुपर्छ जति परिवारप्रती । अहिले संक्रमण देखिएका सबै बिदेशबाट आएपछि सिधै समाजमा गएको देखियो । तेही छ समस्या । सरकारलाई गाली गर्ने नै हो, गल्ती गर्न पाइन्न भन्ने नै हो, कुनै दलको गोटी नबनी आलोचना गर्ने नै हो किनकी सरकार बैधानिक अभिभावक हो ।अब सबै मिलेर बिदेशबाट कम्तिमा यो १५ दिनभित्र नेपाल भित्रेकाले स्वाब परीक्षण गर्न जाउँ/पठाउँ । उनीहरुलाई शंका होइन प्रेमका साथ हस्पिटल जान भनौं । नमान्ने, लुकाउने या लुकाउन मतियार बन्नेलाई कारबाही गरौं । नत्र इटली, बेलायत या स्पेन बन्छ मुलुक ।
प्रतिक्रिया दिनुहोस्