जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार १४:१७

कोरोनाको त्रासमा एनआरएनए नेता नविनको असुली धन्दा : यसरी उठाए एक लाख डलर चन्दा (सूचीसहित)


काठमाडौं, चैत १८ । गैर आवासीय नेपाली (एनआरएन) बाट उठाएको चन्दाको पोल खुलेपछि एनआरएनए आइसीसी सदस्य नविन बिकले सरकारबिरुद्ध अभियान छेडेको तथ्य खुलेको छ ।

कोरोना रोकथामका लागि भन्दै झण्डै चार दर्जन बढी गैर आवासीय नेपालीबाट उठाएको एक लाख अमेरिकी डलर पचाउन नसकेपछि बिकले अफवाह फैलाएर नेपालमा कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री भित्रनै नदिने योजना बनाएको समेत खुलेको छ । चीनको गोञ्जावोबाट जनताटाइम्सलाई प्राप्त चन्दा दाताको सूचीले पनि बिक कोरोनाको त्रासमा मुलुकलाई सहयोग गर्न होइन, आफू कुस्त कमाउने योजनामा लागेको पुष्टि हुन्छ । जनताटाइम्सलाई प्राप्त सूचीअनुसार बिकले ४२ जना गैर आवासीय नेपालीबाट एक लाख अमेरिकी डलर बरावरको सहयोग उठाइसकेका छन ।

नेपालमा कोरोनाको सामाग्री तत्काल पठाउनु पर्यो, सहयोग गरौं भन्दै अपिल गरेपछि हामीले देशका लागि सहयोग गरेका थियौं, तर नविनजीले आफ्नो कमाउ धन्दा चलाएर सरकारमाथि नै आरोप लगाउनु भयो

‘नेपालमा कोरोनाको सामाग्री तत्काल पठाउनु पर्यो, सहयोग गरौं भन्दै अपिल गरेपछि हामीले देशका लागि सहयोग गरेका थियौं, तर नविनजीले आफ्नो कमाउ धन्दा चलाएर सरकारमाथि नै आरोप लगाउनु भयो,’ बिकलाई रकम जम्मा गर्नेमध्येका एक सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार नविनले केवल ३ हजार आरएमबी जम्मा गरेर अरुबाट उठाएको रकमले खरिद गरेको सामाग्री नेपाल सरकारलाई बेच्ने योजना बनाउनु भएको थियो । सामान्य ब्यापारी भएको कारण नविनसँग चिनियाँ ब्यापारीले बिश्वास गर्न नसकेको अवस्थामा ५ लाख डलर जम्मा गर्ने योजना बनाए पनि सफल हुन सकेन । जस्को कारण संकलन भएको एक लाख डलर पचाउन बिकले सरकारमाथि आरोप लगाएर बदनाम गराउने योजना बनाउनु भएको हो ।

जनताटाइम्सलाई प्राप्त सूचीअनुसार बिकले तीन हजार आरएमबी जम्मा गर्नुभएको छ भने अन्य दाताले उहाँ भन्दा धेरै बढी सहयोग गर्नुभएको छ ।

हेर्नाेस सूची : जस्ले दिए यति आरएमबी

ती सदस्यका अनुसार सरकारलाई केही सामाग्री बिक्रि गरेको देखाएर बिक एनआरएनएमार्फत सरकारलाई सहयोग गर्ने स्वास्थ्य सामाग्रीसमेत आफै खरिद गर्न चाहनुभएको थियो । सो योजनाअनुसार उहाँले एनआरएनए आइसीसीमा सामाग्री खरिदको सूचीसमेत पठाएको ती सदस्यले बताए ।

यी सवै काम संभव नभएपछि संकलन भएको एक लखा डलर पचाउन सरकारले भन्दा आधा मुल्यमा आफूले सामाग्री दिने भन्दै कोरोनाबिरुद्धको अभियानलाई कमजोर पार्न र केही माफियाको गोटी बनेर मुलुकमा भयावह अवस्था ल्याउने योजनासहित बिकले सरकारमाथि आरोप लगाएको उनको भनाई छ । बिकको यो अभिब्यक्ति आएसँगै दाताहरुले रकमको हिसाव मागेपछि बिक बिछिप्त अवस्थामा रहेको बताइएको छ ।