जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार ११:३२

वाइडबडीको अष्ट्रेलिया उडानमा साढे ४५ लाख घोटला : पेड न्युज कि वास्ताविकता लुकाइयो ?


काठमाडौं, चैत २०

नेपाल बायुसेवा निगमको बाइडबडीले बुधबार साँझ अष्ट्रेलियाको उडान भरेको छ । २५० यात्रु लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार साँझ ६ बजेर १२ मिनेटमा उडान भरेको विमान मलेसियाको क्वालालम्पुरमा टचडाउन गरेर ब्रिस्वेन पुग्यो ।

पहिलो पटक अष्टे«लिया उडेको विमानमा कमिसनका लागि बोन ट्राभल्सलाई प्रयोग गरि साढे ४५ लाख रुपैयाँ कमिसन खाएको समाचार आयो । बोन ट्राभल्सलाई बुधबार मात्र प्रयोग भएको उल्लेख भएपनि तथ्यले अर्कै बताउछ । नेपालस्थित अष्ट्रेलियन दूतावासले केही दिन अघि एक विज्ञप्ती निकालेर आफ्ना नागरिकलाई अप्रिल १ मा स्वदेश फर्काउने तयारी गरिरहेको भन्दै सम्पर्क गर्न अनुरोध गर्यो । शुरुमा दूतावासले कतार एयरवेजको विमान चार्टर गर्न लागेको जानकारी गराएको थियो । तर, फेरी केही दिनपछि नेपाल एयरलाइन्सको विमान चार्टर गर्न लागेको जानकारी दियो ।

चैत १६ गते नै अष्ट्रेलियन दूतावासले विज्ञप्ती निकाल्दै विजेनेस क्लासका लागि २३ सय डलर र इकोनोमि क्लासलाई १८ सय डलर लाग्ने सूचना दियो । त्यसका लागि बोन ट्राभल्समा सम्पर्क गर्न भनिएको छ । समाचारमा बुधबार भनेपनि अष्ट्रेलियन दूतावासको विज्ञप्तीमा आइतवार नै बोन ट्राभल्सको नाम उल्लेख गरिएको छ । यो हेर्नुहोस् विज्ञप्ती


बोन ट्राभल्स विगत १० वर्षदेखी अष्ट्रेलियन दूतावासका सबै हवाई टिकटको बन्दोबस्त गर्दै आएको एजेन्सी हो । दूतावासले नै टिकटको प्रवन्ध गर्न ट्राभल्सलाई निर्देशन दिएको उसकै विज्ञप्तीमा स्पष्ट हुन्छ । त्यसको भोलीपल्ट पुन दूतावासले विज्ञप्ती निकालेर बोन ट्राभल्समा सम्पर्क गर्न भन्दै विज्ञप्ती निकालेको छ । जुन यसप्रकार रहेको छ-

चैत १८ गते पुन दूतावासले आफ्ना नागरिकलाई टिकटको बुकिङका लागि बोनमा सम्पर्क गर्न भनेको छ । जुन यसप्रकार रहेको छ-