जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १८:१४

नेपालमा छैटौं कोरोना संक्रमित ६५ वर्षीया वृद्धा


काठमाडौं, चैत २० । नेपालमा छैटौं कोरोना संक्रमित बाग्लुङ निवासी बृद्धा महिला रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिनुभएको हो ।

देवकोटाले आज कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला रहेको बताउनु भयो । ती महिला नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौं मैतिदेवी निवासी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आउनु भएको थियो । योसँगैउक्त जहाजमा आउने तीन जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयमा आजै आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी दिनुभएको थियो । अहिलेसम्म घरमै बस्नुभएकी बृद्धा महिलालाई कोरोना संक्रमणसँगैअस्पताल भर्ना गरिने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म ११ सय ८४ परीक्षण भएका छन । जसमध्ये उपत्यकामा १६ जना र उपत्यकाबाहिर ९९ जना आइसोलेसनमा रहेका छन ।