जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १९:२८

उद्योग प्रतिष्ठान सशर्त खोल्न दिने सरकारको निर्णय


काठमाडौं, चैत २०

सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय गरेको छ । खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योगले निश्चित शर्त पुरा गरे खोल्न दिने निर्णय गरेको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एंव अर्थ र संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

‘मुलुकभित्र खाद्यबस्तु उत्पादन गर्ने र अत्यावश्किय बस्तु उत्पादन गर्नेहरुलाई त्यही उद्योगभित्र कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पुरा गरेर चलाउन दिने भन्ने निर्णय भएको छ’, उहाले भन्नुभयो । अन्य उद्योगले आफ्नै आवसीय मजदुरहरु परिचालन गरेर स्वास्थ्यका मापदण्ड पुरा गरेर चलाउन सक्ने निर्णय पनि गरेको छ । तर उनिहरुले आवागमनलाई बाहिर रोकेर उद्योगभित्रै संचालन गर्न सक्ने भए स्थानीय प्रशासनले त्यसमा निर्णय गरेर संचालनको अनुमति दिन सक्ने अधिकार दिइएको छ ।