जनता टाइम्स

२१ चैत्र २०७६, शुक्रबार ०७:१४

कोरोना संक्रमित १० लाख नाघ्यो, ५३ हजारको मृत्यु


काठमाडौं, २१, चैत । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५३ हजार १ सय ६६ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै २ लाख ४४ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् ।

जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ । मृतकको संख्या भने इटलीमा धेरै छ । तर एकै दिनमा फ्रान्समा १ हजार ३५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ ।

इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १० हजार ३ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा विश्वरमा १० हजार मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।