जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार ०७:१८

बेलायती प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना


काठमाडौं, चैत २४ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।