काठमाडौं, चैत २७
कोरोना संक्रमित बाग्लुङकी १९ वर्षिया अंशु सापकोटासँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले टेलिफोन सम्बाद गर्नुभएको छ । धौलागिरी अस्पतालमा उपचार गराईरहेकी अंशुसँग उहाले आज विहान कुराकानी गर्नुभएको हो ।
बागलुङकी नगरपालिका–४ की अंशु बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमण देखिएको थियो । मुख्यमन्त्रीसँग अंशुले आफ्नो स्वास्थ्य ठिकै रहेको बताएकी छन् । मुख्यमन्त्री गुरुङले पनि चिकित्सकसँग नियमित सम्पर्क भइरहेकाले नआत्तिन आग्रह गर्नुभएको छ ।
‘आनन्दले बस्नुहोला । मैले डाक्टरसँग पनि कुरा गरेको छु । पानी पर्याप्त खानुहोला’, २ मिनेट २३ सेकेण्डको कुराकानीमा गुरुङले भन्नुभयो, ‘आत्तिनुपर्दैन यो निको हुन्छ । तीन–चार पटक टेष्ट गर्नुपर्छ । १४ दिनमात्र हैन अरू पनि बस्नुपर्छ । रोग निख्रिदै जान्छ ।’
मुख्यमन्त्री गुरुङले बेला बेला आफुले फोन गरिरहने बताउदै मन द¥हो बनाउनु भन्नुभएको छ । ‘मन दर्हो बनाउनु होला । युरोपतिर पनि मानिसहरू निको भइराखेका छन् । म बेलाबेलामा फोन गर्छु । डाक्टहरूसँग पनि मेरो कुरा भइराको छ’, उहाले भन्नुभयो ।
https://www.facebook.com/borangebikram/videos/2843177572438513/
प्रतिक्रिया दिनुहोस्