जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १८:३७

नयाँ वर्षमा प्रधानमन्त्रीको अपिल : ‘राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ !’


काठमाडौं, चैत ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन कोरोनाविरुद्ध लडिरहेकाको सम्मानमा राष्ट्रिय गित गाउन अपिल गर्नुभएको छ । चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र राष्ट्रिय धुन बजाउन आह्वान गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा समर्थन गर्दै उहाले त्यसमा सरिक हुन भन्नुभएको छ । कम्प्याक्टले विहान आठ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ । सो प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’