काठमाडौं, बैशाख १
प्रदेश–२ मा कोरोनाको चौथो संक्रमित फेला परेको छ । रौतहटका एक जना १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ती युवाको नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका ती युवकलाई अहिले अस्पताल ल्याउन लागिएको छ । ती युवाबारे विस्तृत विवरण आउन बाँकी छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । आजै बिहान कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । वीरगन्जमा आइतबार तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ती भारतीय नागरिक छपकैयास्थित एक मस्जिदमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्