जनता टाइम्स

१ बैशाख २०७७, सोमबार १९:१९

पेप्सीकोलामा लण्डनबाट आएका तीन जनामा कोरोनाको आशंका ! र्‍यापिड टेष्टमा पोजेटिभ देखियो


काठमाडौँ, बैशाख १

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीनमा कोरोना पोजेटिभ देखिएको छ । १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । उनिहरु तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई पाटन अस्पतालमा भर्ना गरिएको र उनीहरुको स्वाब नमुना पिसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

लकडाउन अघि सो परिवार लण्डनबाट नेपाल आएको हो । स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ।

र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले बताएका छन् । आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो ।