जनता टाइम्स

२ बैशाख २०७७, मंगलवार १३:२५

सनसिटीका दुई जनामा कोरोना पुष्टि


काठमाडौं, बैशाख २

काठमाडौंको सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ । यसअघि सोमबार र्‍यापिड टेस्टमा एकै परिवारका तीन जनालाई कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल लगिएको थियो ।

सोमबार उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । अहिले सनसिटी पूर्णरुपमा लकडाउन गरिएको छ । उनीहरुको स्वाब केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि कोरोना पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बेलायतबाट चैत ४ गते काठमाडौं आएकामध्ये ८१ वर्षीय वृद्ध महिला र उनका ५८ वर्षका छोरा र ५२ वर्षकी बुहारी भएको बताइएको छ । आमा र छोरालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । बुहारीमा भने कोरोना नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपालमा अहिले देखिएका कोरोना संक्रमित एक जनामध्ये सबै विदेशबाट आएका हुन् । विदेशबाट आएका उनिहरु कति आफै सेल्फ क्वारेन्टाइनमा बसेका थिए । पछिल्लो संक्रमणसँगै पुष्टि हुनेको सख्या १६ पुगेको छ । यसवषियमा मन्त्रालयले अपरान्ह चार बजे नियमित पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

सुरक्षा उच्च स्रोतका अनुसार उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं अवतरण गरेका थिए । त्यही बिल्डिङमा बस्ने एक व्यक्तिका अनुसार उनीहरू तीन साता बेलायत बसेर फर्किएका हुन् ।