काठमाडौं, बैशाख २
नेपालमा देखिएका कोरोना भाइरसका संक्रमित मध्ये अधिकाशंमा लक्षण नै देखिएको छैन । हालसम्म नेपालमा १६ जना संक्रमित फेला परेका छन् ।
जसमध्ये अधिकाशं विदेशबाट आएका छन् । एक महिलालाई विदेशबाट आएका पुरुषबाट संक्रमण देखिएको छ भने तीन भारतीयलाई कहाबाट कोरोना सर्यो भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन । नेपालमै सरेको भए कोबाट सर्यो भन्ने अनुसन्धान जारी रहेको छ । उनिहरु भारत नगएको भए प्रदेश–२ मा थप कोरोना संक्रमित हुन सक्ने आकंलन गरिएको छ । तर, अहिलेसम्मका संक्रमित मध्ये अधिकाशंमा लक्षण देखिएको छैन ।
सेती प्रादेशिक अस्पतालमा भर्ना भएका पाँच जनामध्ये चार जनामा कोरोनाको लक्षण नै देखिएको छ । चिकित्सकहरुले सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने बताउने गरेका छन् । तर, १० दिनवितिसक्दा पनि उनिहरुमा त्यस्तो लक्षण देखिएको छैन । प्रदेश–२ का चार संक्रमितमा पनि त्यस्तो लक्षण देखिएको छैन । बाग्लुङका दुई महिलाले पनि आफुहरुमा त्यस्तो लक्षण शुरुमा देखिएपनि हाल भने नदेखिएको बताएका छन् ।
लक्षण नै नदेखिनु अर्को चिन्ताको विषय भएको चिकित्सकहरु बताउछन् । त्यस्ता लक्षण देखिएका कतिपयमा कोरोना नेगेटिभ भेटिएका छन् । यसैगरी केही संक्रमित व्यक्तिसँगै बसेका व्यक्तिमा कोरोना देखिएको छैन । कैलालीका ३४ वर्षिया पुरुषको परिवारमा भाउजुलाई मात्र देखिएको छ । यस्तै पेप्सीकोलाका संक्रमितमा श्रीमतिलाई देखिएको छैन भने आमालाई देखिएको छ ।












प्रतिक्रिया दिनुहोस्