जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार ०८:०१

कोभिड–१९ बाट विश्वभर ११७ नेपालीको मृत्यु


 

काठमाडौँ, जेठ ११  । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट विदेशमा रहेको ११७ जना नेपालीको ज्यान गएको छ।
विभिन्न देशमा रहेको नेपालीको कोरोना संक्रमणबाट ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो हप्ता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएसँगै शनिबार बेलुकासम्म ज्यान गुमाउनेको संख्या ११७ पुगेको हो ।

तथ्यांकअनुसार यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।

एनआरएनएको स्वास्थ्य समिति संयोजक डा। सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरेबियामा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।