जनता टाइम्स

१७ जेष्ठ २०७७, शनिबार १७:५०

२४ घण्टामा थप १८९ जनामा कोरोना : १४०१ पुग्यो कुल संक्रमित संख्या, २१९ जनाले जिते कोरोना


काठमाडौं, जेठ १७ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भई कुल संक्रमित १४ सय १ जना पुगेको हो ।

मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको बताउनु भयो । संक्रमितमध्ये हालसम्म २१९ जना उपचारपछि निको भएर घर फर्किएका छन । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले दिनुभएको जानकारी अनुसार क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेको छ । यस्तै आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।