जनता टाइम्स

१ असार २०७७, सोमबार १६:२८

२४ घण्टामा थपिए ४५१ कोरोना संक्रमित, कुल संक्रमित संख्या ६२११ पुग्यो


काठमाडौं, असार १ । पछिल्लो २४ घण्टामा ४ सय ५१ जना कोरोना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले आज नियमित अपडेटमार्फत २४ घण्टामा ४ सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिनुभएको हो ।

योसंगै कोराना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई डिष्चार्ज हुनेको संख्या ६७ रहेको छ । जसमध्ये ६० जना पुरुष र ७ जना महिला हुनुहुन्छ । यो सँगै डिष्चार्ज हुनेको संख्या १ हजार ४१ जना पुगेको छ ।