काठमाडौं, असार ७ । कोरोना भाइरस संक्रमण पुष्टि भएका आठ हजार २ सय ७४ मध्ये ३० जना संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सवै संक्रमितको अवस्था सामान्य रहेको छ ।
मन्त्रालयका अनुसार ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालको आइसोलेसनमा १८ महिला र सात पुरुष गरेर २५ जनाको उपचार भइरहेको छ । यस्तै शिक्षण अस्पताल महाराजगन्जमा तीन पुरुष र सशस्त्र प्रहरीको अस्पतलामा दुई पुरुषको उपचार भइरहेको मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो । जेठ १२ गतेदेखि असार ५ गतेसम्म कोरोना संक्रमण पुष्टि भएकाको पाटन, शिक्षण र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
उनीहरु धेरैको स्थायी ठेगाना उपत्यका बाहिर भएपनि केही काठमाडौंमा बस्दै आएका, केही उपचारको लागि काठमाडौं आएका र केही विदेशबाट फर्किएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालमा भक्तपुर चाँगुनारायणमा बस्दै आएका ३२ र भक्तपुरकै भोलाछेंनमा बस्ने २२ वर्षीय पुरुष, काठमाडौंकी एक २४ वर्षीया महिला, काठमाडौंकै कोटेश्वर बस्ने ३४, गौशालामा बस्दै आएकी २७, कोलोपुल बस्ने ४८ वर्षीया महिलाको उपचार भइराखेको छ। त्यसैगरी नयाँ बानेश्वरका ५२ वर्षीय पुरुष, काठमाडौं मुलपानीकी ३६, काठमाडौं खुसीबुमा बस्दै आएकी ६४ र ललितपुर हरिसिद्धिकी ४० वर्षकी महिला उपचारत रहेकी छन।
यस्तै सर्लाही घर भई काठमाडौं बस्दै आएकी ३१ वर्षीया महिला, सर्लाहीका ५७ वर्षीय पुरुष, रामेछाप लिखु तामाकोशीका २६ वर्षीय पुरुष, धादिङ निलकण्ठका ३२ वर्षीय पुरुष, धादिङकै ३५ वर्षीया महिला, चितवन रत्ननगरका ४९ वर्षीय पुरुष, चितवनकै २७ वर्षकी महिला, सिन्धुलीकी २३ वर्षकी महिला, मकवानपुरका ३७ र ३८ वर्षीया महिला, सिन्धुपाल्चोककी २२, २४ र ३२ वर्षीया महिला, मोरङकी र उदयपुरकी ३२ वर्षीया दुई महिलाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै शिक्षण अस्पताल महाराजगन्जमा भारत बस्दै आएका कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष र अर्घाखाँचीको सितगंगा वडा नम्बर ३ का २८ वर्षीय पुरुष र धनगढीका ४४ वर्षीय पुरुषको उपचार भइरहेको छ। यस्तै सशस्त्र प्रहरीको अस्पतालमा दुई बिरामी रहेका छन । काठमाडौं बूढानीलकण्ठका ४५ वर्षीय पुरुष र सोलुखुम्बु घर भई काठमाडौं गोठाटार बस्दै आएका ३० वर्षीय पुरुषको सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैजना जेठ १२ देखि असार ५ गतेसम्म अस्पताल भर्ना भएका हुन्।
प्रतिक्रिया दिनुहोस्