जनता टाइम्स

१७ असार २०७७, बुधबार १६:५४

नेपालमा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो


काठमाडौं, असार १७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । पुरुषको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ।