जनता टाइम्स

२५ असार २०७७, बिहीबार ११:०८

प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा किन आए युवा-बिद्यार्थी ? एकपटक यो तथ्य पढनोस


नेपालमा देखिएको यो यदुवंसीहरुको खेललाई युबा बिद्यार्थीहरुले च्यालेन्ज गरेका छन, खबरदारी गरेका छन ।स्यावास युबाहरु, तपाईहरुको सचेतनाले बुढा नेताहरुको पद आशक्तिको लागि देखाएको लालचिपनप्रतिको प्रहार निकै चोटिलो हुनेछ ।

संसारको ट्रेन्ड के हो भने सरकारप्रति जनता जहिले पनि नेगेटिभ नै हुन्छन । जनताका हरेक माग पूरा गर्न नसक्ने हुँदा आलोचना गर्दै कार्यकारी प्रमुखकै राजीनामा मागेर सडकमा जुलुस निकाल्छन । नेपालमा पनि धेरै पटक प्रधानमन्त्रीको राजिनामा मागेर सडकमा जुलुस निस्किएका छन । तर नेपालमा कार्यकारी रहेका अपबादका केही नेता प्रधानमन्त्रीबाट बहिर्गमन हुँदा उस्को समर्थनमा जुलुस निस्केको इतिहास साँक्षी छ । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पनि राजीनामा दिँदा राजधानी काठमाडौंलगायत देशभरका प्रमुख शहरमा ओलीको पक्षमा जुलुस निस्केको थियो । कार्यकारी जहिले पनि जनबिरोधी नै हुनु पर्दछ भन्ने हुन्न । भारतको आन्द्र प्रदेशका मुख्यमन्त्री वाइबी बिबेकानन्द रेड्डिको २००९ मा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि त्यस प्रदेशका जनता रेड्डी जस्ता जनप्रिय शासकको मृत्यु सहन नसकेर करिब आधा दर्जनले आत्मदाह नै गरेर जीवनलीला नै समाप्त गरेका थिए ।

सन २०१५/१६ को भारतको नाकाबन्दी सहेर बसेका जनता ओली जब चाइना गएर पारबहन सन्धि गरेर नाकाबन्दीको बिकल्प तयार भयो चाइनाबाट फर्केको १५ दिनभित्र ओली नेतृत्वको सरकार ढाल्न खासगरी भारतीय स्वार्थ अनुरुपको तयारीको कदम स्वरुप अबिश्वासको प्रस्ताव सत्ता पक्षको सहयात्री दल तात्कालिन नेकपा माओबादीले राख्यो । नेपाली जनताले ओलीको बहिर्गमनमा भारतीय स्वार्थमा भैरहेको तथ्य बुझे र केही स्थानमा जुलुस पनि निस्केको थियो । नेपालले १३८ बर्ष देखि आफ्नो भूभागको रुपमा सुगौली सन्धिले पारेको र करिब ४५ बर्षदेखि नेपालकै शासकहरुले आफ्नो नक्साबाट हटाएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग बर्तमान सरकारले आफ्नो नाममा नक्सामार्फत ल्यायो, तब ओलीको शाहसिक कदमको बिश्वब्यापी प्रसंशा र देशब्यापी हाईहाइ भैरहेको छ ।

अझ नेपालको संसदमै रहेर मेपाली जनताको कर पसिनाबाट तलब भत्ता खाने समाजबादी पार्टीको सांसद सरिता गिरिले संसद बैठकमै नेपालको जारी गरेको नक्सा नै गलत भएको र भारतीय भुभाग भनिसकेपछि सरकार अझ गम्भीर बन्दै देशको कानुन मै अङ्गिकृत नागरिकहरुको लागि थप ब्यबस्थित नगर्ने हो भने आगामी केही बर्षमै नेपाल फिजी हुन सक्ने स्थितिलाई मध्यनजर राखेर संसदीय समितिमै त्यसरी बिबाह गरेर आउने बिदेसी महिलालाई राजनैतिक अधिकार दिन नसक्ने कानुन ल्याएपछि प्रधानमन्त्री ओलीले ठूलो दबाबको सामाना गर्नु परेको सर्वबिदितै छ । ओलीको कदमलाई रोक्न भारतीयहरुले ठूलो लगानी गरिरहेको दिनको घाम जस्तै छर्लङ्ग छ । भारतीय शासकको स्वार्थ परिपुर्ति गर्ने गरी नेकपाभित्र जारी स्थायी कमिटीको बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट दुधको साङ्ग्लो फाले जस्तै हुँइकाउने प्रस्ताव लाज शरम नमानेर जब अर्का अध्यक्ष कमरेड प्रचण्ड र माधवकुमार नेपालको उक्साहटमा राख्नुभयो, तब नेपालको राजनिती तरङ्गित हुन थाल्यो । जब ओलीलाई हटाउने भारतीय खेल पार्टीभित्रै मञ्चन हुनथाल्यो, देशका युबा बिध्यार्थीहरुले नबुझ्ने कुरै भएन ।

देशमा बल्ल बल्ल कम्युनिस्ट पार्टीले जनताको अपार माया पाएर अलिकन स्थायित्व दिन थालेको थियो । अस्थिरताका प्रतिमुर्तिहरु सलबलाउन थालेका छन । ठिक छ प्रधानमन्त्री तथा अध्यक्ष ओलीका अन्य दशौ कमजोरी होलान, तर देशभक्ति र अन्यको तुलनामा काम हेर्दा निकै अगाडि देखिन्छन । ओलीले देशको हितमा काम गर्दा पार्टीभित्रै घेरावन्दी भएको र भारतीय योजना लागू हुनथालेको कुरा बुझेरै युवाबिद्यार्थीहरुले कोरोना भाइरसको यस्तो भयाबहलाई समेत वास्ता नगरेर ओली सरकारको स्थायित्वको माग राखेर सडकमा आउनु चानचुने बिषय होइन । ओलीको लागि होइन, भोलिको लागि निस्केका हौं भन्ने शब्दप्रति नै काफी ओजन छ । जनताको यस्तो भाब बुझ्न नसकेर पञ्चर्यालीको संज्ञा दिने जमातलाई के भन्न सकिन्छ र ! सत्ताको लागि जे पनि गर्ने नालायक राष्ट्रघाती भन्दा ज्यानको खतरा मोलेर देशको भोलिको लागि सोच्ने युबा बिद्यार्थीहरु मुलुकका लागि हजारौं गुणा स्तुत्य छन । देश बचाउन राज्यका बार भत्काएर सडकमा कुनै एक जना निस्कन्छ भने त्यो मान्छेको मनोबिज्ञानिक भाब बुझ्नुस कि किन ऊ सडकमा आयो ? के पार्टीका लेवी सदस्यताको भाग खानेहरु सडकमा आएका हुन ?, पार्टीले निर्णय गरेको भरमा उम्मेदवारी पाएर चुनाब जितेको नेता, मन्त्रीहरु सडकमा आएका हुन ? कार्यकर्ताले भोक प्यासै जिताएर मुलुकको पैसा खाने संसद, मन्त्री सडकमा आएका हुन ? राजनीतिक नियुक्ती खानेहरु ओली बहिर्गमन भएर आफू सडकमा आइन्छ भन्ने डरले सडकमा आएका हुन ?

बिल्कुलै होइन । सत्ताको लाभ खानेहरु सडकमा आएका होइनन । उनीहरुलाई त खानमै ठिक्क छ । आफूलाई नियुक्ती गर्ने नेता बहिर्गमनमा पर्दा एक शब्द लेख्ने साहस गर्दैनन । बर्तमान सरकारले गरेका कामको प्रचार गर्ने हिम्मत पनि गर्दैनन । तर नेपाली जनता बर्तमान प्रधानमन्त्री ओलीले गरेका राष्ट्रिय हितका राम्रा काम रोक्न बिदेसीको डिजाइनमा पार्टीभित्रैबाट भएका षड्यन्त्र देखेपछि कुन चाँहि राष्ट्रवादी नागरिकको मन नपोल्ला र १ एक जना पनि सडकमा आउनु धेरै महत्वपूर्ण कुरा हो । जनता सडकमा देखिनु प्रधानमन्त्रीको नैतिक बल हो भने राजीनामा माग्नेहरुको लागि गतिलो झापड हो। देशी, बिदेशी तत्वहरुको आक्रमणको निसानाको बेला ज्यानको बाजी मारेर सडकमा आउने ती वीर नेपालीहरु आफ्नो देशको सिमामा मेसिनगन लिएर खटिने योद्धा जस्तै हुन । भोलि यही सत्ता परिबर्तनको खेलको कारण देशको स्वाभिमानमा देखिने जोखिमका कारण सडकमा आएका हुन ।

हो, प्रधानमन्त्री ओलीका पनि कमजोरी छन । उहाँले आफ्ना व्यवहार र बोली केही सच्याउन त अबश्य पर्दछ, तर जब परचक्रीले आफ्नो घरभित्र मुल नेतृत्वमाथि दागा धरेर आक्रमण गरिरहेको बेला घरका परिबारको निशाना पनि मुलिप्रती नै हुनपर्ने कुरा कत्तिको जायज हो ? बिरोधीले एक तिरबाट आक्रमण गर्दा अर्को तिरबाट घरकै सदस्यले आक्रमण गर्ने बिचार त सायद सन्सारको कुनै धार्मिक साँस्कृतिक ग्रन्थमा पनि भेटिदैन होला । नेपालमा देखिएको यो यदुवंसीहरुको खेललाई युबा बिद्यार्थीहरुले च्यालेन्ज गरेका छन, खबरदारी गरेका छन ।स्यावास युबाहरु, तपाईहरुको सचेतनाले बुढा नेताहरुको पद आशक्तिको लागि देखाएको लालचिपनप्रतिको प्रहार निकै चोटिलो हुनेछ ।

हुन त सडकमा निस्कने प्रिय योद्धहरु हो, ज्यान बाँचे राजनीतिमा धेरै देख्न पाइन्छ । सार्वजनिक मिडिया नै अहिलेको लागि काफी छ । सकेसम्म सडकमा नआउ । आउनै परे सामाजिक दुरी कायम गर । राष्ट्रघातिहरुलाई मिडियाबाटै नंग्याउन सकिन्छ । राष्ट्रघातीहरुलाई नंग्याउने काममा चाँहि एक इञ्च पछि नहटनोस । फेरि पनि ज्यानको बाजी थापेर देशभक्तिको झण्डा उठाउने प्रधानमन्त्रीको मनोवल बढाउन सडकमा जाने तपाईहरुलाई सलाम ।