जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १६:४८

आज १२ जना संक्रमितको मृत्यु, मृतक संख्या ५९०


काठमाडौं, असोज २२

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १२ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ४ महिला र ८ जना पुरुष गरि १२ जनाको मृत्यु भएको हो । यो संक्रमित हुनेहरुबाट मृत्यु हुनेको संख्या ०.६० प्रतिशत हो ।