जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १३:०९

भोल्भो पेन्टा अब नेपालमा, एक्सप्लोर अर्थ मुभर्स अफिसियल इम्पोटर


काठमाण्डौं, जेठ १७

इन्टरनेश्नल ब्राण्ड भोल्भो पेन्टाको नेपालमा एक्सप्लोर अर्थ मुभर्स प्रा.लि अफिसियल इम्पोटर भएको छ ।

नेपालमा औद्योगिक विकास गर्नका लागी तथा मेरीनका उत्पादक सामग्रीलाई नेपालमा सेवादिने उद्देश्यले भोल्भो पेन्टाले नेपालको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.संग सहकार्य गरी आधिकारीक रुपमासेवा सञ्चालन गरेको हो ।

भोल्भो पेन्टा भारतका प्रमुख तथा उपाध्यक्ष माईरोन थोमसकोले भन्नुभयो “भोल्भो ब्राण्ड एउटा प्रतिष्ठित कम्पनी हो, जसले पूर्ण रुपमा सदैब सहयोग गर्ने अपेक्षा राख्दछौं यसकारण हामी नेपालमा सम्पूर्ण रुपमा ग्राहकलाई सेवा तथा हौसला प्रदानगर्ने प्रतिबद्धता व्यक्तगर्दछौं ।”

एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.द्वारा सम्पूर्ण सेवाहरु काठमाण्डौंबाट सञ्चालन हुनेछन् भने भोल्भो पेन्टाका सबै पार्टस् तथा सर्भिस ललितपुरबाट उपलब्ध हुनेछन् । कम्पनीले यसका शाखाका रुपमा छिट्टै देशका अन्य भागमा बिस्तारगर्ने योजना रहेको जनाएको छ ।

पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स भोल्भो निर्माणका उपकरणको आयातगर्ने डिलरको रुपमा स्थापित नेपालको प्रसिद्ध कम्पनी हो । जसले विभिन्न किसिमका निर्माण व्यवसायका क्षेत्रमा योगदान पु¥याउदै आएको छ ।

एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.का प्रबन्ध निर्देशक सुशील श्रेष्ठ को भनाई अनुसार “विश्वको प्रशिद्ध कम्पनी भोल्भो पेन्टा संग आबद्ध भएकोमा हामी एकदमै खुशी तथा गौरवान्वित महशुस गरेका छौं । अब हामी मेरीनका उत्पादक सामग्रीलाई नेपालको विकासमा सम्पूर्ण रुपमा सहयोग तथा सेवाउपलब्ध गराउने अपेक्षागर्दछौं ।”

भोल्भो पेन्टा एउटा बहुराष्ट्रिय कम्पनी हो जसले विभिन्न निर्माणका उपकरणहरु निर्यात गर्दछ । यसका साथै कृषिका यान्त्रिक सामग्री, निर्माणका उपकरण, उर्जा उत्पादनका सामग्री, जहाजका उपकरणहरु तथा विभिन्न निर्माणका उपकरणको उत्पादन गर्दछ । भोल्भो पेन्टा पनि ए.बि. भोल्भो ग्रुपको भाग हो जसले लाखौ इकाईहरु विश्वका १३० देशमा ३५०० भन्दा बढी डिलरका रुपमा सेवाप्रदानगर्दै आएको कम्पनीले जनाएको छ ।