जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १२:२६

यस्तो छ सार्क राष्ट्रको तथ्यांक, विश्वभर संक्रमित संख्या ६ करोड १३ लाख नाघ्यो


काठमाडौं, मंसिर १२

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १३ लाख नाघेको छ । यो समाचार तयार पर्दासम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड १३ लाख ९ हजार २१८ जना संक्रमित भएको तथ्यांक रहेको छ। अमेरिकामा संक्रमितको संख्या १ करोड ३२ लाख ४८ हजार ९२२ पुगेको छ। त्यस्तै भारतमा ९३लाख ९ हजार ८७१, ब्राजिलमा ६२ लाख ४ हजार ५७० र रुसमा २१ लाख ८७ हजार ९९० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ३७ हजार ८४५ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। अमेरिकामा २ लाख ६९ हजार ५६०, ब्राजिलमा १ लाख ७१ हजार ४९७, मेक्सीकोमा १ लाख ४ हजार २४२, बेलायतमा ५७ हजार ३१, इटालीमा ५२ हजार ८ सय ५० जनाको मृत्यु भएको छ । विश्वभर ४ करोड २३ लाख ९६ हजार ८८२ जना संक्रमणमुक्त भएका छन्। तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख २८ हजार ५९९, अमेरिकामा ७८ लाख ४६ हजार ८९०, रुसमा १६ लाख ८५ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि २ लाख २७ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ४१२ जनाको मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या ९३ लाख ९ हजार ८७१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७५२ पुगेको छ। भारतमा हालसम्म ८७ लाख १८ हजार ५१७ जना संक्रमणमुक्त भएका छन्। पाकिस्तानमा हालसम्म ३ लाख ८९ हजार ३११ जना संक्रमित भएका छन्।

संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ९ सय ५१जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३५ हजार ८८१ जना उपचारपछि निको भएका छन्। बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ५६ हजार ४३८ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ५२४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ७१ हजार ४५३ छ। अफ्गानिस्तानमा संक्रमितको संख्या ४५ हजार ७१६ पुगेको छ।

अफगानिस्तानमा १ हजार ७३७ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार २३२ जना उपचारपछि निको भएका छन्।श्रीलंकामा संक्रमितको संख्या २२ हजार २८ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ९९ छ भने निको हुनेको संख्या १५ हजार ८१६ रहेको छ। माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८८९ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ७१७ पुगेको छ । भुटानमा संक्रमितको संख्या ३९२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३६८ छ।